प्रथम ध्यान दिवस २१ डिसेम्बर (२०८१ पौष ६ गते) को अवसरमा आयोजित कार्यक्रम
गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी खेलाडीहरुलाई प्रोत्साहन तथा सम्मान कार्यक्रम
११४ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुरस्कृत महानुभावहरु
माननीय मन्त्री विन्दु कुमार थापाको पदवहाली
माननीय मन्त्री विन्दु कुमार थापालाई मन्त्रालयमा स्वागत
राष्ट्र तथा प्रदेशको गौरव राख्न सफल प्रदेशका खेलाडीहरुलाई प्रोत्साहन तथा सम्मान कार्यक्रम
शिक्षा दिबस २०८१ को अबसरमा पुरस्कार बितरण गर्नुहुदै माननीय मन्त्री ज्यू
अन्तराष्ट्रिय बालअधिकार दिवस (20th Nov. 2024) को अवसरमा आयोजित कार्यक्रम
गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको सिलान्यास
गण्डकी प्राविधिक शिक्षालय स्थापनाको लागि गण्डकी प्रदेश सरकार र कोईका विच सम्झौता
गण्डकी प्रदेश सरकार माननीय मुख्यमन्त्री तथा मन्त्रिज्यू कोईकाको टिमसँग
सरकारी कर्मचारीहरुका शिशुहरुका लागि दिवा सेवा केन्द्रको उद्घाटन कार्यक्रम
माननीय मन्त्री विन्दु कुमार थापाज्यूबाट आ.व. २०८१/०८२ को वार्षिक प्रगति समिक्षालाई सम्बोधन
हाम्रो बारेमा
नेपालको संविधानले एकात्मक शासन पद्धति रहेको नेपाललाइ संघिय संरचनामा परिणत गरी संघ प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेको छ। प्रदेशमा प्रदेश सरकार रहने व्यवस्था अनुसार सात वटै प्रदेशमा प्रदेश सरकार मातहत विभिन्न मन्त्रालयहरुको स्थापना गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश सरकार मातहत रहने विभिन्न मन्त्रालयहरु मध्ये एक हो । यस मन्त्रालयको स्थापना २०७४ माघ २८ गते भएको हो ।
गण्डकी प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार यस मन्त्रालयलाई शिक्षा, महिला, वालवालिका, जेष्ठ नागरिक, अपाङ्ग, सामाजिक सुरक्षा ,भाषा सस्कृति, पुरातत्व, श्रम तथा रोजगारसंग सम्वन्धित विषयहरुको जिम्मेवारी तोकिएको छ ।यस मन्त्रालयको कार्यक्षेत्र भित्र रहेका विभिन्न विषयहरुको प्रदेश स्तरिय कानून नीति मापदण्डहरुको निर्माण गर्नुपर्ने भएकोले मन्त्रालय हाल यीनै विषयमा केन्द्रित रहेको छ । साथै मन्त्रालयले आफ्नो विषय क्षेत्र भित्रका विभिन्न कार्यक्रमहरु निर्माण गरी कार्यान्वयन गरिरहेको छ ।
यस मन्त्रालयको मूल उद्देश्य गण्डकी प्रदेशका जनताको शिक्षा स्वास्थ्य खेलकुद लगायत मन्त्रालयसंग सम्वन्धित विभिन्न विषयको कानून नीति नियम मापदण्ड निर्माण तथा कार्यक्रमको कार्यान्वयनवाट समग्र सामाजिक क्षेत्रको विकास गरी स्वस्थ शिक्षित सक्षम उद्यमशिल नागरिक तयार गरी प्रदेशको विकासमा योगदान गर्दै समाजवाद उन्मुख समृद्ध प्रदेशको निर्माणमा योगदान पुराउनु हो । सामाजिक विकास मन्त्रालयको लक्ष्य देहाय अनुसार रहेको छ ।
प्राविधिक शिक्षामा जोड दिइ प्रदेशलाइ आवस्यक जनशक्ति उत्पादन गरी शैक्षिक वेरोजगार घटाउने।
स्वरोजगार श्रृजना गर्ने।
हिंसा रहित समाज निर्माण गर्ने।
श्रम शोषण रहित समाज स्थापना गर्ने।
सिमान्तकृत, अल्पसंख्यक नागरिकहरुलाई संरक्षण गर्ने।
भाषा, धर्म, संस्कृति र पुरातत्वको संरक्षण, सम्वर्धन र अभिलेखिकरण गर्ने।
युवा शक्तीलाइ प्रदेशको विकासमा प्रवाहिकरण गर्ने।
आगामी दिनमा मन्त्रालयले आफ्नो कामलाई सूचना प्रविधिको माध्यमबाट निष्पक्ष, मितव्ययी, पारदर्शी, चुस्त र छरितोरुपमा सम्पादन गरी समृद्ध प्रदेश बनाउने कार्यक्रममा योगदान गर्नेछ ।