गण्डकी प्रदेश सरकारसामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयपोखरा, कास्की, नेपाल
२०८० मंसिर १६ गते शनिबार
सामाजिक विकास महाशाखा
बाल अधिकार तथा सामाजिक न्याय शाखा
पछिल्लो अपडेट: २०७५ असार २५ गते सोमबार
बाल बालिकाको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, अध्ययन, अनुसन्धान, बालमैत्री शासकीय प्रवन्ध र सेवा प्रवाह, बालउद्धार कोष व्यवस्थापन र बाल सुधार तथा पुनर्स्थापना सम्वन्धि कार्य गर्ने ।
प्रदेशस्तरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त, बाल बालिकाका र महिला सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने ।
समाज कल्याण र संघ संस्था सम्बन्धि कार्यहरुको अनुगमन तथा मुल्याङ्कन गर्ने।
लोपोन्मुख, सीमान्तकृत, गरिब, जेष्ठ नागरिक लक्षित आवास सम्बन्धी नीति, मापदण्ड तथा योजना तर्जुमा र कार्यान्वयन ।
सामाजिक सुरक्षा सम्बन्धि प्रादेशिक नीति, कानून, मापदण्डको निर्माण तथा कार्यान्वयन, कोष व्यवस्थापन, नियमन, राष्ट्रिय र प्रादेशिक, स्थानिय तह तथा संघ संस्थासंग सम्पर्क, समन्वय र सहकार्य।
बालअधिकार तथा सामाजिक न्यायसंग सम्वन्धीत कार्यहरु गर्ने ।