प्रदेश सरकार
     सामाजिक विकास मन्त्रालय
    गण्डकी प्रदेश, पोखरा, नेपाल

ताजा खबर :

सामाजिक विकास मन्त्रालयमा हार्दिक स्वागत छ
   

माननीय मन्त्री

नरदेवी पुन मगर

 

संक्षिप्त व्यक्तिगत विवरण 

 

   

    माननीय सामाजिक विकास मन्त्री  नरदेवी  पुन मगर वि.सं. २०२५/०९/२५ मा मंगला गाउँपालिका-१, भर्जुलामा जन्मिनु भएको हो। उहाँले १६ वर्षको कलिलो  उमेरदेखि राजनीतिक जीवनको आरम्भ गर्नु भएको हो। उहाँले राजनीतिक आन्दोलनको विभिन्न उकाली-ओरालीहरु पार गर्दै अगाडी बढ्ने क्रममा तत्कालिन पञ्चायती शासकले  निकै दुःख  दिन खोजे  तर अर्ध-भूमिगत भएर पटक-पटक छलिनो भएको थियो। उहाँले शिक्षण पेशा, अध्ययन र राजनीतिलाई सँगसँगै अगाडी बढाउनु भएको थियो।

    वि.सं. २०५६ सालको संसदीय चुनावमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी  (एमाले) को निर्देशन अनुसार स्थायी शिक्षण पेशा छोडेर प्रतिनिधि सभा सदस्यका लागि  म्याग्दी जिल्लाबाट चुनावमा प्रतिस्पर्धा गर्नु भयो। चुनाबमा असफल भएपनि उहाँले आफ्नो राजनीतिक  यात्रालाई बिश्राम दिनु भएन। उहाँलाई पार्टीले वि.सं. २०६४ सालको संविधान सभाको  चुनावमा पनि पुनः उम्मेदवारी दियो। तर यस पटक पनि उहाँले असफलता नै व्यहोर्नु परेता पनि उहाँले राजनीतिलाई निरन्तरता दिइरहनु भयो। संविधान सभाको दोश्रो निर्वाचन वि.सं. २०७० सालमा उहाँले कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट सामानुपातिक बाट सभासदमा चुनिनु भयो।

    राजनीतिकशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर सम्मको औपचारिक शिक्षा हासिल गर्नु भएकी पुन मगरलाई वि.सं. २०७२ सालमा के.पी. शर्मा ओली नेतृत्वको सरकारले पशुपछी विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी प्रदान गर्‍यो।

    यसै क्रममा वि.सं. २०७४ सालको संसदीय चुनावमा उहाँलाई वाम गठबन्धनको तर्फबाट म्याग्दी जिल्ला निर्वाचन क्षेत्र ” बाट प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारको  रुपमा प्रतिष्पर्धी बनायो। यस पटक भने उहाँले विजय हासिल गर्नु भयो । हाल गण्डकी प्रदेशका मा. मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ्ग नेतृत्वको सरकारले उहाँलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी सुम्पिएको छ। उहाँको उच्च मनोवलराजनीतिक ईच्छा शक्ति र समाज रुपान्तरणको एक दृढ इच्क्षाशक्ति सहितको नेतृत्वको कारण मन्त्रालयले हाल तिब्र गतिमा नविनतम योजना तथा कार्यक्रमहरु तयार पारी एकीकृत रुपमा अगाडी बढाउने अवसर प्राप्त भएको छ।

माननीय मन्त्री

नरदेवी पुन मगर
थप जानकारी

सचिव

गोपाल प्रसाद अर्याल
थप जानकारी


प्रवक्ता

रमेश प्रसाद अधिकारी
वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक
मोवाइल नम्वरः ९८५६०२५०११
इ - मेल ठेगाना: rpa777@yahoomail.com


सूचना अधिकारी

प्रकाश राज शर्मा
वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत
मोवाइल नम्वरः ९८४६०८५६६९
इ - मेल ठेगाना: infoprs81@gmail.com


सामाजिक विकास मान्त्रालय

सामाजिक विकास मन्त्रालय गान्डकी प्रदेश पोखरा नेपाल